रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनको मतगणना केहीबेर अघि सुरु भएको हो ।
अबको करिब एक घन्टामा मतगणना सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। जिल्ला सभापतिसहित पदाधिकारीका सबै पदमा निर्वाचन भएको छ ।
सभापति पदमा नेता सुरेश सापकोटा र राजु शाक्य प्रतिस्पर्धामा छन्। प्रथम जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो ।
काठमाडौँ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधि छनोटका लागि पनि निर्वाचन भएको छ । काठमाडौँका अन्य ९ वटा क्षेत्रका क्षेत्रीय प्रतिनिधि भने सर्वसम्मतरूपमा चयन भएका छन् ।
रास्वपाले शनिबार र आइतबार जिल्ला अधिवेशन तोकेको छ । आज ३८ जिल्लामा अधिवेशन भएको बाँकी २७ जिल्लामा आइतबार अधिवेशन हुनेछ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको तयारी छ ।
यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन हुँदैछन् । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण