अमेरिकाको न्यु अर्लिन्समा पिकअप ट्रकले मानिसलाई किच्दा १० जनाको मृत्यु, दर्जनौँ घाइते
न्यू अर्लिन्स । अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहान एक पिकअप ट्रक चालकले जानाजानी १० जनाको हत्या गरेका छन् । न्यू अर्लिन्सको लोकप्रिय बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड थियो, त्यही बेला पिकअप ट्रक भीडमा घुसेर मानिसहरूलाई किच्दै अघि बढेको थियो ।
प्रहरीका अनुसार कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् । प्रहरीका अनुसार चालकले जानाजानी ट्रक भीडमा छिराएका थिए र त्यसपछि गाडी भित्रबाट गोली चलाउन थाले ।
अमेरिकी मिडियाका अनुसार सन्दिग्ध ट्रक चालकलाई प्रहरीले गोली हानेको छ । स्थानीय पुलिस प्रमुख एनी किर्कप्याट्रिकका अनुसार संदिग्धले धेरै तीव्र गतिमा पिकअप ट्रक चलाएका थिए र सकेसम्म धेरै मानिसहरूलाई किच्ने प्रयास गरेका थिए।
उनले भने, ‘यो घटना स्थानीय समय अनुसार बिहान ३:१५ बजे भएको हो। उनले ब्यारिकेडमा पनि प्रहार गरे र त्यसपछि गोली चलाएर दुई प्रहरी अधिकारीलाई घाइते बनाए।"
न्यू अर्लिन्सका प्रहरी अधिकारी एनी किर्कप्याट्रिकका अनुसार संदिग्ध चालकले सकेसम्म धेरै मानिसहरूलाई मार्न चाहन्थे। यस घटनाको अनुसन्धान एफबीआईले गरेको छ । यो आतंकवादी हमला हो कि होइन भन्ने कोणबाट पनि सम्पूर्ण मामिलाको अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण