मानव भीडमा पिकअप चलाएर १० जनाको हत्या गर्नेको परिचय खुल्यो, अतिवादी समूहसँग कनेक्सन
काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहानै मानव भीडमा जानाजान पिकअप ट्रक चलाएर नरसंहार मच्चाउने संदिग्धको पहिचान खुलेको छ । मानव भीडमा पिकप ट्रक चलाएर नरसंहार मच्चाउने टेक्सासका ४२ वर्षीय अमेरिकी आगरिक शमसूद–दीन जब्बार रहेको बताइएको छ ।
उनले निकै भीडभाडको अवस्थामा तीब्र गतिमा पिकअप ट्रक चलाउँदा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भए । एफबीआईले आक्रमणमा प्रयोग गरिएको गाडीमा इस्लामिक स्टेट समूहको झण्डा भेटिएको र घटनाको जाँच आतंकवादी क्रियाकलापको रुपमा गरिरहेको जनाएको छ ।
जाँच एजेन्सी एफबीआईले आक्रमणकारी आतंकवादी समूहसँग जोडिएकोबारे उपयुक्त तथ्य पत्ता लगाउन मसिनो ढंगले अनुसन्धान भइरहेको जानकारी दिएको छ । प्रहरी अधिकारीहरुका अनुसार नरसंहार मच्चाएका जब्बारले अधिकारीहरुमाथि गोली समेत चलाएका थिए भने ट्रक भएको क्षेत्रमा विष्फोटक उपकरण समेत भेटिएको थियो ।
भयावह दृष्यको वर्णन गर्दै प्रत्यक्षदर्शीहरुले ट्रक आक्रमण हुँदा छेउछाउ उभिएका मानिसहरु पीडितको सहायता गर्नु कि आफ्नो ज्यान जोगाउन भाग्नू भन्ने दोहोरो परिबन्धमा परेका बताए ।घटना भएको फ्रेन्च क्वार्टर क्षेत्र दक्षिणी राज्य लुइसियानामा शहरका आगन्तुकका लागि निकै लोकप्रिय मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण