के भइरहेछ अमेरिकामा ? फेरि नाइट क्लबमा गोलाबारी
वासिङटन डीसी । अमेरिकाको लागि नयाँ वर्षले शुभ समाचार लिएर आएको छैन । नयाँ वर्षको दिनमै तीन वटा घटना भएका छन् । सबैभन्दा पहिला न्यू ओर्लियन्समा गाडीले किचेर १५ जनाको मृत्यु भयो । लास भेगासमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटलकै सामुन्ने साइबर ट्रक विस्फोट भयो ।
अहिले फेरि न्यूयोर्कको एउटा नायट क्लबमा गोलाबारीको खबर बाहिर आएको छ । सामूहिक गोली प्रहारको यस घटनामा कम्तीमा ११ जना घाइते भएको बताइएको छ ।
खबरका अनुसार गोली क्वीन्सको अमेजुरा नाइट क्लबमा चलेको हो । गोलाबारी जनवरी १ को राति करीब ११ः ४५ बजे जमैकामा ९१–१२–१४४ स्थित अमेजुरा इभेन्ट हल नजिक भएको बताइएको छ । अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार गोली लागेर घाइते भएका कम्तीमा तीन जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पुर्याइएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली नाइट क्लब नजिक जम्मा भएका थिए । प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएका छन् । नजिकका सडक पनि बन्द गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण