के भइरहेछ अमेरिकामा ? फेरि नाइट क्लबमा गोलाबारी

वासिङटन डीसी । अमेरिकाको लागि नयाँ वर्षले शुभ समाचार लिएर आएको छैन । नयाँ वर्षको दिनमै तीन वटा घटना भएका छन् । सबैभन्दा पहिला न्यू ओर्लियन्समा गाडीले किचेर १५ जनाको मृत्यु भयो । लास भेगासमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटलकै सामुन्ने साइबर ट्रक विस्फोट भयो ।
अहिले फेरि न्यूयोर्कको एउटा नायट क्लबमा गोलाबारीको खबर बाहिर आएको छ । सामूहिक गोली प्रहारको यस घटनामा कम्तीमा ११ जना घाइते भएको बताइएको छ ।
खबरका अनुसार गोली क्वीन्सको अमेजुरा नाइट क्लबमा चलेको हो । गोलाबारी जनवरी १ को राति करीब ११ः ४५ बजे जमैकामा ९१–१२–१४४ स्थित अमेजुरा इभेन्ट हल नजिक भएको बताइएको छ । अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार गोली लागेर घाइते भएका कम्तीमा तीन जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पुर्याइएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली नाइट क्लब नजिक जम्मा भएका थिए । प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएका छन् । नजिकका सडक पनि बन्द गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराबाट ३९ लाख भन्दा बढीको सामान बरामद
-
सुनको शौचालय चोरेको अभियोगमा दुई जनालाई जेल सजाय
-
निजी विद्यालयलाई गुठी र कम्पनी दुवैमा जान दिनेगरि लचिलो बन्ने सरकारको प्रस्ताव
-
०८३ को मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
-
गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै
-
बैजनी भुइँफूल र अपि हिमालको काख