न्यू ओर्लियन्स आक्रमणमा अरूको पनि संलग्नताको आशंका
वासिङटन डीसी । अमेरिकाको न्यू ओर्लियन्समा भएको आक्रमण अरू कयौँ मानिस संलग्न रहेको हुन सक्ने आशंका गरिएको छ । उक्त आक्रमणबारे बोल्दै लुइसियानाका महान्यायाधिवक्ता लिज मुर्रिलले यस्तो बताएकी हुन् ।
घटनाको प्रारम्भिक अध्ययन लगत्तै अनुसन्धानकर्ताहरूले घटनामा एक जना मात्रै जिम्मेवार हुन सक्ने बताएका थिए ।
नयाँ वर्षको पहिलो दिन बिहानै मान्छेको भीडमा जानाजान पिकअप ट्रक चलाएर टेक्सासका ४२ वर्षीय शमसूद–दीन जब्बारले १५ जनाको ज्यान लिएका थिए । यस घटनामा अरू ३५ जना घाइते भएका थिए । आक्रमणमा प्रयोग गरिएको विष्फोटिक पदार्थ एयरबीएनबीमा भाडामा लिइएको घरमा बनाइएको र यसमा धेरै जना संलग्न हुन सक्ने पनि मुर्रिलले बताएकी छिन् । यस घटनाका मुख्य संदिग्धको मृत्यु भइसकेको छ ।
यस मामिलामा अरू कोही पक्राउ नपरेको बताइएको छ । यस घटनालाई लिएर एफबीआईले लुइसियाना, टेक्सास लगायतका राज्यमा खोजिकार्य तीव्र पारेको छ । शमसूद–दीन जब्बारले अमेरिकी सेनामा मानव संसाधन र आईटी समेत विभिन्न पदमा रहेर काम गरेका थिए । २०९९ देखि २०१० को बिचमा उनी अफगानिस्तान खटाइएका थिए ।
उनको नाममा सवारी नियम उल्लंघन र चोरीसँग सम्बन्धित आपराधिक रेकर्ड भेटिएको छ । यस घटनामा प्रयोग गरिएको सवारी साधनमा इस्लामिक समूहसम्बद्ध झण्डा पाइएको थियो । जब्बारको आतंकवादी समूहसँग सम्बन्ध थियो कि भनेर अनुसन्धाताहरूले खोजबिन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण