झाराटारा किसिमले पार्टी चल्नेवाला छैन, सिरियस बनौँ : नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले बिहीबार सय दिने अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने बताएका हुन् ।
पार्टीको संगठनलाई कागजी रूपमा मात्रै सीमित गर्न नहुने भन्दै उनले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए । पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उनले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने बताए ।
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री समेत रहेका कांग्रेस पूर्वमहामन्त्री सिंहले कागजमा मात्र सदस्य सँख्या भएर नहुने भन्दै पार्टीका कार्यक्रमहरूमा सहभागिता बढाउनुपर्ने बताए । ‘पार्टी केन्द्रले भन्यो, जिल्लाले सर्कुलर गर्यो । गर्नुपर्ने भएको हुनाले कार्यक्रम गरेको भनेर भएन । झारा टारेर, आलटाल गरेर पार्टी चल्नेवाला छैन । सिरियस्ली लाग्नुपर्यो हामी सबै,’ उनले भने ।
मुलुकको स्थायित्व र विकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने र त्यसका लागि पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा सिंहले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण