लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो कांग्रेस जरुरी छ : नेता सिंह
सप्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुक्रबार कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधान तथा सहरी विकासमन्त्री समेत रहेका सिंहले ठुलो संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै यसलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । उनले पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे ।
उनले कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको बताए ।
सिंहले आवश्यकताको सिद्धान्तअनुसार कांग्रेस– एमालेको सरकार बनेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण