रास्वपा केन्द्रीय समिति बैठकका ११ निर्णय सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । शनिबार र आइतबार गरी दुई दिन राजधानीको स्वयम्भूमा सम्पन्न बैठकले विभिन्न ११ वटा निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक निर्णयअनुसार बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यहरूको सुझाव सहित पारित गरिएको छ । यस्तै राजनीतिक प्रशिक्षण केन्द्रीय देखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।
यस्तै संविधानमा आवश्यक परिमार्जनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरिएको छ ।
यस्तै २०८० मंसिर ११, १२ र १३ गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति डा स्वर्णिम वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्ताबेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्नका लागि पारित गरिएको छ ।
निर्णयको पूर्णपाठः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण