१८ करोड रुपैयाँमा बिक्यो ‘ब्लुफिन टुना’
सोमबार, २२ पुस २०८१, १६ : २४
टोकियो । जापानमा एउटा ब्लुफिन टुना झन्डै १८ करोड नेपाली रुपैयाँमा विक्री भएको छ । मोटरसाइकलकै आकार र तौल भएको उक्त ब्लुफिन टुना टोकियोको एउटा सुशी रेस्टुराँले किनेको हो ।
हरेक वर्ष राजधानी टोकियोको तोयोसु माछा बजारमा टुनाको लिलाम विक्री हुन्छ । यस वर्ष ओन्देरा ग्रुपले २७६ केजी तौल भएको उक्त ब्लुफिन टुनालाई २० करोड ७० लाख येन (झन्डै १८ करोड नेपाली रुपैयाँ)को विजयी बोली लगाएको थियो ।
यसलाई उत्तरी जापानको आओमोरी क्षेत्रमा समातिएको थियो । यद्यपि, यो जापानमा ब्लुफिन टुनाले पाएको अहिलेसम्मको उच्च बोली भने होइन । सन् २०१९ मा २७८ केजी तौल भएको एउटा ब्लुफिन टुना ३३ करोड ३६ लाख येनमा विक्री भएको थियो ।
गएको वर्षको उच्च बोली भने ११ करोड ४० लाख येन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक
-
कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा बडू नियुक्त
-
रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै
-
हप्ताको दुई दिन अनिवार्य जनताको गुनासो सुन्न मन्त्रीहरूलाई कांग्रेसकाे निर्देशन
-
त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै नेपाल पुलिस क्लबलाई जय ट्रफी
-
गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिदै