१८ करोड रुपैयाँमा बिक्यो ‘ब्लुफिन टुना’
सोमबार, २२ पुस २०८१, १६ : २४
टोकियो । जापानमा एउटा ब्लुफिन टुना झन्डै १८ करोड नेपाली रुपैयाँमा विक्री भएको छ । मोटरसाइकलकै आकार र तौल भएको उक्त ब्लुफिन टुना टोकियोको एउटा सुशी रेस्टुराँले किनेको हो ।
हरेक वर्ष राजधानी टोकियोको तोयोसु माछा बजारमा टुनाको लिलाम विक्री हुन्छ । यस वर्ष ओन्देरा ग्रुपले २७६ केजी तौल भएको उक्त ब्लुफिन टुनालाई २० करोड ७० लाख येन (झन्डै १८ करोड नेपाली रुपैयाँ)को विजयी बोली लगाएको थियो ।
यसलाई उत्तरी जापानको आओमोरी क्षेत्रमा समातिएको थियो । यद्यपि, यो जापानमा ब्लुफिन टुनाले पाएको अहिलेसम्मको उच्च बोली भने होइन । सन् २०१९ मा २७८ केजी तौल भएको एउटा ब्लुफिन टुना ३३ करोड ३६ लाख येनमा विक्री भएको थियो ।
गएको वर्षको उच्च बोली भने ११ करोड ४० लाख येन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण