भानु नगरपालिकामा दुई ठाउँमा दिनदहाडै चोरी
मङ्गलबार, २३ पुस २०८१, १५ : १०

तनहुँ । तनहुँको भानु नगरपालिका-१२ आरूबोटमा सोमबार दिउँसो चोरी भएको छ । ८१ वर्षीय राम बहादुर खड्काको घरबाट नगद १ लाख ७५ हजार रुपैयाँ र करिब २ तोला बराबरको सुनका विभिन्न गरगहना चोरी भएको हो ।
यसै गरी भानु नगरपालिका-१३ खड्कागाउँ बस्ने ५४ वर्षीया पुणिमाया खड्काको घरबाट पनि सोमबार दिउँसो नगद ८० हजार रुपैयाँ र करिब १ तोला सुन चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र दिपक सिंहलाई रिहा गरिँदै
-
प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी