पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागिन् महिला
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा एक महिला भिखारीसँग फरार भएको घटनाले धेरैको ध्यान तानेको छ । ती महिलाले पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागेको जनाइएको छ ।
उत्तर प्रदेश राज्यको हरदोई जिल्लाको हरपालपुर निवासी राजुले प्रहरीमा यसबारे उजुरी गरेका छन् । राजुका अनुसार उनकी पत्नी लामो समयदेखि नियमितजसो आफ्नो घरमा माग्न आउने एक भिखारीसँग भागेकी हुन् ।
ती भिखारी प्रायः आफ्नो घरमा माग्न आइरहने, उसले हात हेरेर भविष्यवाणीसमेत गर्ने गरेको पीडित राजुको भनाइ छ । सोही क्रममा आफ्नो पत्नीले ती भिखारीसँग लामो समय कुरा गर्दै आएको राजुले बताएका छन् ।
चार दिनअघि तरकारी र कपडा किन्न भनेर घरबाट निस्किएकी आफ्नी पत्नी फर्केर नआएको राजुले प्रहरीलाई जानकारी दिएका छन् । पत्नीले घरमा राखेको एक लाख ६० हजार नगद रकम लगेको उनको आरोप छ ।
भिखारीले आफ्नी पत्नीलाई फकाएर लगेको भन्दै उनले चाँडो खोजी गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन् ।
हरपालपुर थानाका प्रहरी प्रमुख राजदेव मिश्राले पत्नी भागेको सम्बन्धमा राजुले निवेदन दिएको बताए । उनको निवेदनका आधारमा भिखारी र राजुकी पत्नीको खोजी भइरहेको मिश्राको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण