बर्ड फ्लुका कारण अमेरिकामा एक जनाको मृत्यु
मङ्गलबार, २३ पुस २०८१, १९ : ११
वाशिङटन डीसी । अमेरिकामा बर्ड फ्लुका कारण एक जना पुरुषको मृत्यु भएको छ । दक्षिण पूर्वी अमेरिकी राज्य लुइजियानामा एक पुरुषको मृत्यु भएको छ ।
मृत्युको पूपिष्ट लुइजियानाको स्वास्थ्य मन्त्रालयले गरेको छ । अमेरिका भर बर्ड फ्लुको प्रकोप बढ्दै गइरहेको समयमा पहिलो पटक यसका कारण मान्छेको मृत्यु भएको हो ।
मृतक वृद्ध भएको र अन्य रोगबाट समेत पीडित भएको बताइएको छ । मृतकको उमेर ६५ वर्षभन्दा बढी थियो । साससम्बन्धी समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यसलाई अमेरिकामा बर्डफ्लु संक्रमणको पहिलो गम्भीर मामिला बताइएको छ । अमेरिकामा अहिलेसम्म ६७ जना मान्छेमा बर्डफ्लुको संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण