अखिल भारत नेपाली एकता मञ्चको राष्ट्रिय सम्मेलनको मिति तय, प्रचण्डलाई निम्ता
बुधबार, २४ पुस २०८१, १३ : ४७
![अखिल भारत नेपाली एकता मञ्चको राष्ट्रिय सम्मेलनको मिति तय, प्रचण्डलाई निम्ता](https://npcdn.ratopati.com/media/news/471930525_568222209448181_7808678713725895042_n_3RSUxDAOuF.jpg)
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको राष्ट्रिय सम्मेलन आगामी चैतमा हुने भएको छ । भारतको पन्जाबस्थित जालन्धरमा चैत ३१, वैशाख १ र २ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
उक्त कार्यक्रमका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निम्तापत्र हस्तान्तरण गरिएको छ । प्रचण्ड निवास खुमलटार पुगेर प्रवास प्रदेश समिति भारतका इन्चार्ज लक्ष्मण पन्त, मञ्चका अध्यक्ष राजेन्द्र शर्मासहितको टोलीले प्रचण्डलाई प्रमुख अतिथिको रूपमा सहभागी हुन आमन्त्रण गरेको हो ।
प्रचण्डले कार्यक्रममा सहभागी हुने प्रतिबद्धता जनाएको शर्माले जानकारी दिए । मञ्चले भारत प्रवासमा रहेका नेपालीहरुको सुखदुखमा साथ दिँदै आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले भूमाफियाबाट प्रभावित भएर अध्यादेश ल्यायो : नेकपा (माले)
-
ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसक्यो : प्रमुख महर्जन
-
रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु
-
एमालेसँग सहमतिअनुसार काम गर्न मन्त्रीहरुलाई देउवाको निर्देशन
-
‘गैरआवासीय नेपालीले राजनीतिक बाहेक सबै अधिकार पाउने सुनिश्चित हुनुपर्छ’