अखिल भारत नेपाली एकता मञ्चको राष्ट्रिय सम्मेलनको मिति तय, प्रचण्डलाई निम्ता
बुधबार, २४ पुस २०८१, १३ : ४७
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको राष्ट्रिय सम्मेलन आगामी चैतमा हुने भएको छ । भारतको पन्जाबस्थित जालन्धरमा चैत ३१, वैशाख १ र २ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
उक्त कार्यक्रमका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निम्तापत्र हस्तान्तरण गरिएको छ । प्रचण्ड निवास खुमलटार पुगेर प्रवास प्रदेश समिति भारतका इन्चार्ज लक्ष्मण पन्त, मञ्चका अध्यक्ष राजेन्द्र शर्मासहितको टोलीले प्रचण्डलाई प्रमुख अतिथिको रूपमा सहभागी हुन आमन्त्रण गरेको हो ।
प्रचण्डले कार्यक्रममा सहभागी हुने प्रतिबद्धता जनाएको शर्माले जानकारी दिए । मञ्चले भारत प्रवासमा रहेका नेपालीहरुको सुखदुखमा साथ दिँदै आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण