यस्तो ठाउँ, जहाँ अन्डवेयरले कार धुन गैरकानुनी हुन्छ
वासिङटन डीसी । संसारका विभिन्न देशहरूमा फरक फरक कानुन छन् । यी मध्ये केही कानुन त निकै महत्त्वपूर्ण र आवश्यक छन् । तर कुनै चाँहि यति अनौठा छन् कि यसको बारेमा झट्ट सुन्दा हामीमध्ये धेरैलाई अचम्म लाग्न सक्छ ।
केहीको बारेमा सुन्दा त यस्तो कानुन किन बनाइएको होला भन्ने लाग्न पनि सक्छ । के तपाईँलाई थाहा छ पृथ्वीमा यस्तो एउटा ठाउँ पनि छ जहाँ अन्डरवेयर अर्थात् भित्री वस्त्रले कार सफा गर्नु गैरकानुनी छ । यो अनौठो कानुन अमेरिकाको क्यालिफोर्नियाको एउटा सहरमा छ ।
सान फ्रान्सिस्कोमा अन्डरवेयरले कार सफा गर्न अवैध छ । कसैले यस्तो गरेको पाइएमा जरिवाना नै तिर्नुपर्छ । यति मात्र होइन, सान फ्रान्सिस्को कानुनको धारा ६९४ विशेष गरी कपडा पुछ्नका लागि बनाइएको छ । यस दफा अन्तर्गत कुनै पनि व्यक्ति, फर्म वा संस्थानले भित्री वस्त्र, बेडिङ्ग, तन्ना वा यसका टुक्राटाक्री पुछ्नका लागि बेच्न वा बिक्रीको प्रस्ताव गर्न गैरकानुनी हुनेछ ।
यी सामानलाई कास्टिक सोडाको कम्तीमा पाँच प्रतिशत भएको घोलमा ४० मिनेटसम्म लागि लगातार उमालेर सफा गरेको छ भने चाँहि प्रयोग गर्न पाइनेछ । सान फ्रान्सिस्को अमेरिकाको क्यालिफोर्निया राज्यको प्रमुख सांस्कृतिक, व्यावसायिक र वित्तीय केन्द्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुआब्जा नै नदिई रेल विभागले टेन्डर गरेपछि स्थानीयको विरोध
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग उद्घाटन
-
बार एसोसिएसनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा
-
अस्ट्रेलियाको न्यू क्यासलमा नेपालीहरूबिच अन्तर्क्रिया कार्यक्रम
-
बेटिसमाथि बार्साको गोल वर्षा
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र