६ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोड बराबरको कारोबार
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ६.५३ अंकले बढेको छ । लगातार छैटौँ दिनमा कारोबार बढ्दा परिसूचक २६५३ बिन्दुमा पुगेको छ ।
आज कुल ६ अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो । सबैभन्दा धेरै न्यादी जलविद्युत् कम्पनीको कारोबार भएको छ । यो कम्पनीको २२ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो ।
बुधबार १३९ कम्पनीको मूल्य बढेको छ । यसमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लाग्यो । चिरख्वा हाइड्रो, सप्तकोशी विकास बैंक र न्यादी हाइड्रोको सेयर मूल्य ९ प्रतिशतले बढ्यो । त्यस्तै ९३ कम्पनीको मूल्य घट्दा सामुदायिक लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लाग्यो । बाराही हाइड्रोको मूल्य ९ प्रतिशतले घट्यो ।
आज पनि फाइनान्स समूह उच्च अंकले बढ्यो । समग्रमा यो समूहको मूल्य ४.७७ प्रतिशतले बढेको छ । यसअन्तर्गतका कुल १५ वटै कम्पनीको मूल्य उकालो लाग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण