६ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोड बराबरको कारोबार

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ६.५३ अंकले बढेको छ । लगातार छैटौँ दिनमा कारोबार बढ्दा परिसूचक २६५३ बिन्दुमा पुगेको छ ।
आज कुल ६ अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो । सबैभन्दा धेरै न्यादी जलविद्युत् कम्पनीको कारोबार भएको छ । यो कम्पनीको २२ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो ।
बुधबार १३९ कम्पनीको मूल्य बढेको छ । यसमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लाग्यो । चिरख्वा हाइड्रो, सप्तकोशी विकास बैंक र न्यादी हाइड्रोको सेयर मूल्य ९ प्रतिशतले बढ्यो । त्यस्तै ९३ कम्पनीको मूल्य घट्दा सामुदायिक लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लाग्यो । बाराही हाइड्रोको मूल्य ९ प्रतिशतले घट्यो ।
आज पनि फाइनान्स समूह उच्च अंकले बढ्यो । समग्रमा यो समूहको मूल्य ४.७७ प्रतिशतले बढेको छ । यसअन्तर्गतका कुल १५ वटै कम्पनीको मूल्य उकालो लाग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन