प्रियङ्का अभिनीत ‘ममी’को पोस्टरमा के छ ?
काठमाडौँ । समर निरौलाको निर्देशन रहेको फिल्म हो ‘ममी’ । फिल्म आगामी माघ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा दोस्रो पोस्टर सार्वजनिक गरेको छ । जसमा अभिनेत्री प्रियङ्का कार्की डर मिश्रित भावमा केही हेरिरहेकी छन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ ।
पुरानो घरको अगाडी उभिएकी प्रियङ्का र उनको पछाडि रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्बिर देख्न सकिन्छ । फोटो फ्रेमको काँच फुटेको देखिन्छ । त्यसबाट घरमा रहेको नकारात्मक शक्तिले आक्रमण गरेको बुझिन्छ ।
हरर फ्यामिली ड्रामा निर्माण भएको फिल्ममा प्रियङ्कासँगै दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ । फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन छ । फिल्मका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । फिल्मलाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
_n8fe4g9Wio.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण