छत्तीसगढमा भएको भिडन्तमा दुई महिलासहित ५ माओवादी मारिए
छत्तीसगढ । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित विजापुर जिल्लाको इन्द्रावती राष्ट्रिय निकुञ्जमा भएको भिडन्तमा दुई महिलासहित ५ माओवादी मारिएको सुरक्षा बलले दाबी गरेको छ । बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीले इन्द्रावती राष्ट्रिय निकुञ्जमा संदिग्ध माओवादीको उपस्थितिको सूचना पाएपछि सुरक्षा बलको टोलीले हिजो खोजी अभियान सुरु गरेको जानकारी दिए ।
आइतबार बिहान सुरक्षा बलको टोली भोपालपट्टनमको मड्डेड क्षेत्रको बन्देपारा–कोरञ्जेड जंगलमा पुगेपछि त्यहाँ शंकास्पद माओवादीसँग भिडन्त सुरु भएको थियो । यो भिडन्त साँझसम्म जारी रह्यो ।
यस अवधिमा सुरक्षाकर्मीले घटनास्थलबाट ५ शंकास्पद माओवादीको शव फेला पारेको दाबी गरेका छन् । मृत्यु हुनेमा पोसाक लगाएका तीन पुरुष र दुई महिला छन् । तर, मारिएका माओवादीको भने पहिचान हुन सकेको छैन ।
यस बाहेक, सुरक्षा बलले घटनास्थलबाट एक एसएलआर, बीजीएल लन्चर, विस्फोटक सामग्री र अन्य सामग्रीसहित धेरै हतियारहरू बरामद भएको पनि बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण