सरकारी जागिर पाउनासाथ पत्नीले राखिन् यस्तो शर्त, पतिले दिए प्रहरीमा उजुरी

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा एक महिलाले सरकारी जागिर पाउनासाथ पतिसँग अनौठो शर्त राखेको विषयमा प्रहरी समक्ष उजुरी परेको छ ।
कानपुर प्रहरीका अनुसार पीडित पतिले उजुरी दिएका छन् । उनको उजुरीमाथि छानबिन भइरहेको नौबस्ता थाना इन्चार्ज सन्तोषकुमार सिंहले जनाएका छन् ।
प्रहरीका अनुसार कानपुर निवासी पीडितले दिल्ली निवासी युवतीसँग विवाह गरेका थिए । विवाहपछि दुवै कानपुरमै बस्दै आएका थिए ।
पत्नीले दिल्लीको एउटा सरकारी स्कुलमा जागिर पाएपछि दुवैको सम्बन्धमा फाटो आएको बताइएको छ । कानपुरमा स्कुल सञ्चालक रहेका पतिले दिएका उजुरी अनुसार उनकी पत्नीले दिल्लीको एउटा सरकारी स्कुलमा जागिर पाएपछि ‘सँगै बस्ने हो भने एक करोड रुपैयाँ दिनुपर्छ’ भनेर शर्त राखेकी हुन् ।
अन्यथा दाइजोका लागि प्रताडना गरेको आरोपमा आफूले उजुरी गर्ने धम्की दिएको पीडित पतिको भनाइ छ । ससुराल पक्षले पनि नगद दिन नसक्ने हो भने अलग भएर बस्न दबाब दिइरहेको ती पुरुषको उजुरीमा उल्लेख छ ।
प्रहरीले ती दम्पतीको परिचय खुलाएको छैन । यद्यपि, प्रहरी थानामा परेको उजुरीबारे पत्नीसँग सम्पर्क गरेर बुझ्दा उनले आफू मानसिक रुपमा डिस्टर्ब रहेको र यसबारे प्रहरीमा उजुरीसमेत दिएको बताएको कानपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने
-
भारतविरुद्ध आक्रमणको घोषणालगत्तै पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमान्ड प्राधिकरणको बैठक
-
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह