सरकारी जागिर पाउनासाथ पत्नीले राखिन् यस्तो शर्त, पतिले दिए प्रहरीमा उजुरी
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा एक महिलाले सरकारी जागिर पाउनासाथ पतिसँग अनौठो शर्त राखेको विषयमा प्रहरी समक्ष उजुरी परेको छ ।
कानपुर प्रहरीका अनुसार पीडित पतिले उजुरी दिएका छन् । उनको उजुरीमाथि छानबिन भइरहेको नौबस्ता थाना इन्चार्ज सन्तोषकुमार सिंहले जनाएका छन् ।
प्रहरीका अनुसार कानपुर निवासी पीडितले दिल्ली निवासी युवतीसँग विवाह गरेका थिए । विवाहपछि दुवै कानपुरमै बस्दै आएका थिए ।
पत्नीले दिल्लीको एउटा सरकारी स्कुलमा जागिर पाएपछि दुवैको सम्बन्धमा फाटो आएको बताइएको छ । कानपुरमा स्कुल सञ्चालक रहेका पतिले दिएका उजुरी अनुसार उनकी पत्नीले दिल्लीको एउटा सरकारी स्कुलमा जागिर पाएपछि ‘सँगै बस्ने हो भने एक करोड रुपैयाँ दिनुपर्छ’ भनेर शर्त राखेकी हुन् ।
अन्यथा दाइजोका लागि प्रताडना गरेको आरोपमा आफूले उजुरी गर्ने धम्की दिएको पीडित पतिको भनाइ छ । ससुराल पक्षले पनि नगद दिन नसक्ने हो भने अलग भएर बस्न दबाब दिइरहेको ती पुरुषको उजुरीमा उल्लेख छ ।
प्रहरीले ती दम्पतीको परिचय खुलाएको छैन । यद्यपि, प्रहरी थानामा परेको उजुरीबारे पत्नीसँग सम्पर्क गरेर बुझ्दा उनले आफू मानसिक रुपमा डिस्टर्ब रहेको र यसबारे प्रहरीमा उजुरीसमेत दिएको बताएको कानपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण