अदालत
सर्वोच्चले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
बिहीबार, ०३ माघ २०८१, १६ : ५६
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई सर्वोच्च अदालतले उनलाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।
झाले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । झाले बुधवार सर्वोच्चमा वन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा झाको उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबिच समन्वयको काम गरेको आरोप छ । गत असार १५ गते पक्राउ परेका झालाई भदौ २ गते जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
सोही आदेश गैरकानुनी भएको दाबी गर्दै झा बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन । झामाथि सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण