भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु
शुक्रबार, ०४ माघ २०८१, २१ : ०४
नयाँ दिल्ली । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ। ।
दुर्घटना महाराष्ट्रको राजधानी सहर मुम्बईबाट करिब १८५ किलोमिटर पूर्वमा पुणे जिल्लाको नारायणगाउँ नजिक पुणे–नासिक राजमार्गमा भएको हो ।
दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।
प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।
भारतमा ओभरलोडिङ, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ । - (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण