बंगलादेशसँग ५ विकेटले स्तब्ध बन्यो नेपाल
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।
बंगलादेशका लागि सादिया इस्लामले सर्वाधिक १६ रनको योगदान दिइन् । उनले २४ बलमा १ चौका प्रहार गरिन् । कप्तान सौमिया अक्तेरले २४ बलमा १२ रन बनाइन् । आफिया आसिमा इराले ९ रन जोड्दै टोलीलाई जित दिलाइन् । नेपालका लागि रचना चौधरी, रिया शर्मा, सीमाना केसी र पूजा महतोले १–१ विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रभिनले सर्वाधिक १९ रनको योगदान दिइन् । उनले ३२ बलमा १९ रन जोडिन् । सीमाना केसीले १६ बलमा १० रन जोडिन् । उनले १ चौका प्रहार गरिन् ।
खेलमा नेपालले खराब सुरुवात गरेको थियो । तेस्रो ओभरमा ३ रनको स्थितिमा साबित्री धामी आउट हुन पुगिन् । छैटौँ ओभरमा कप्तान पूजा महतो २ रन बनाउँदै रन आउट हुन पुगिन् । नवौँ ओभरमा सोनी पाख्रिन खाता नै नखोली पभेलियन फर्किइन् । अर्को ओभरमा किरन कुँवर १ रन बनाउँदै बोल्ड आउट भइन् ।
साना प्रभिन आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा ३० रन बनाउन सकेको थियो । त्यसपछि विकेटकिपर अलिषा यादव ४ रन बनाएर आउट हुन पुगिन् । सीमाना केसी र अनु कडायत केही बलको अन्तरमा रनआउट हुँदै पभेलियन फर्किए ।
१७ औँ ओभरमा तिर्सना विश्वकर्मा ३ रन बनाएर आउट हुन पुगिन् । अन्तिम विकेटको रुपमा नेपालले रिया शर्मालाई गुमायो । रिया ५ रन बनाउँदै रन आउट हुन पुगिन् । बंगलादेशका लागि जनतौल माउवाले ४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै, नितिशा अक्तेर निशी, अनिषा अक्तेर सोबा र फाओमिदा छोराले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण