मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा पण्डित नियुक्त
महेन्द्रनगर । वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा.रामनरेश पण्डितलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा नियुक्त गरिएको छ ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.अङ्कुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवम् मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पण्डितलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
चिकित्साशास्त्रमा २३ वर्ष बिताएका पण्डित वरिष्ठ स्त्रीरोग विशेषज्ञका रुपमा परिचित छन् । उनले आजै पदभार ग्रहण गरेका छन् । । यसअघि प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशकको जिम्मेवारी सम्हालिसकेका उनको कार्यकाल पाँच वर्षको रहनेछ ।
प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्ष पद रिक्त रहेको थियो । पण्डितको नियुक्तिपछि अब प्रतिष्ठानको शैक्षिक कार्यमा सुधारको अपेक्षा गरिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु भएको छ । पहिलेदेखि नै चिकित्सा विज्ञानका चार विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तरको पठनपाठन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी अस्पताल र बैंकमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
-
चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन
-
निर्माण क्षेत्र जोगाउन विशेष परिस्थितिमा आयोजनाको म्याद थप गर्न माग
-
रास्वपाले ठाडै मिच्यो संविधान, हुन सक्छ ८० हजार रुपैयाँ जरिबाना र ३ वर्ष कैद
-
पाल्पामा हराउँदै गिद्ध : संरक्षणका लागि विद्यालयस्तरमा सचेतना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण