छावाका लागि विक्कीले बढाएका थिए २५ केजी तौल
किभ । बलिउड अभिनेता विक्की कौशल ‘सर्जिकल स्ट्राइक’पछि ‘छावा’मा एक्सन अवतारमा देखिँदै छन् । यो ऐतिहासिक ड्रामा फिल्ममा विक्कीले छत्रपति संभाजी महाराजको भूमिका निर्वाह गरेका छन् ।
हालै, छावाको ट्रेलर लन्च कार्यक्रममा, विक्की कौशलले फिल्ममा आफूले खेलेको चरित्रको तयारीबारे केही कुराहरू भनेका थिए ।
लामो समयदेखि आफूले एक्सन फिल्ममा खेल्न चाहेको र छावाका लागि आफूले २५ किलो तौल बढाएको पनि उनले बताए । आफूले गरेको अन्तिम एक्सन फिल्म उरीः द सर्जिकल स्ट्राइक भएको र त्यसबेलादेखि नै आफू यस्तै फिल्ममा काम अवसरको लागि आतुर रहेको उनले भने ।
‘मलाई थाहा थिएन कि तिनीहरूले मलाई घोडामा बसाउनेछन् र तरबार चलाउन भन्नेछन् । तर सबै कुरा नयाँ थियो । मलाई घोडा चढ्न आउँदैनथ्यो, त्यसैले मैले त्यसको लागि तालिम लिएँ, साथै तरबार लडाइँ र भाला लडाइँ पनि गरे– हरेक चिजमा ६–७ महिनाको उचित तालिम दिइएको थियो । त्यसपछि तौल बढ्यो–म ८० केजीबाट १०५ केजीमा पुगे,’ टिजरमा देखाइएको एक्सनलाई लगभग दुई हजार जनाको टोलीले चर्को घाममा छायांकन गरेको र यसमा ५०० स्टन्टम्यानहरू संलग्न भएको पनि अभिनेताले बताए ।
यस दिन रिलिज हुँदैछ छावा
विक्की कौशल, रश्मिका मन्डाना र अक्षय खन्ना अभिनीत फिल्म छावा यसअघि डिसेम्बरमा पुष्पा–२ सँगै रिलिज हुने भनिएको थियो । तर पछि मेकरहरूले फिल्मको रिलिज मिति फेब्रुअरी महिनामा सारे । फिल्म अब १४ फेब्रुअरीमा रिलिज हुँदैछ । हालै मेकरहरू फिल्मका तीन मुख्य पात्रहरूको लुक्स सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण