हतियार बनाउने कारखानामा विस्फोट हुँदा आठ जनाको मृत्यु
शुक्रबार, ११ माघ २०८१, १६ : ०३
नयाँ दिल्ली । भारतको महाराष्ट्रको भण्डारा जिल्लामा रहेको एक हतियार कारखानामा विस्फोटपछि छत भत्किँदा ८ जनाको मृत्यु भएको छ । यस घटनामा अरु ७ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।
भग्नावशेषबाट पाँच जनालाई उद्धार गरिएको छ । अझै पनि केही मानिसहरू भग्नावशेषमा फसेको हुन सक्ने आशंका गरिएको छ ।
जिल्ला नियन्त्रण कक्षबाट प्राप्त जानकारी अनुसार, बिहान करिब १० बजे जवाहर नगरको उक्त कारखानामा विस्फोट भएको थियो । त्यसपछि छाना भत्कियो र मानिसहरू त्यसको मुनि पुरिएको जनाइएको छ । घटना लगत्तै दमकल, प्रहरी, तहसीलदार र अन्य आवश्यक प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगेका थिए । थप सहयोगको लागि एसडीआरएफलाई बोलाइएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण