रील बनाउँदा कोर्रा हान्ने सजाय
तेहरान । आजकल मानिसहरू जहाँसुकै नाचेर रील बनाउन थाल्छन्। इरानमा नाचगान गरेर रील बनाउने दुई किशोरी पक्राउ परेका छन् ।
उनीहरूको डान्सको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाही गरेको हो । इरानी कानुन अनुसार अब उनीहरूलाई कोर्राको सजाय दिइनेछ ।
The mullahs 🇮🇷 arrested these two girls. Why? Because they were dancing. ایرانیان دوباره خواهند رقصید pic.twitter.com/lbNP8gDxao
— Avi Kaner ابراهيم אבי (@AviKaner) January 24, 2025
भिडियोमा दुई किशोरी नाचिरहेको देख्न सकिन्छ । उनीहरूमाथि तेहरानस्थित सेक्रेड डिफेन्स वार मेमोरियलमा रील बनाएको आरोप लागेको छ। यो स्मारक सन् १९८० र १९८२ बिचको इरान–इराक युद्धमा मारिएकाहरूलाई श्रद्धाञ्जली हो। इरानी अधिकारीहरूले केटीहरूको पहिरन 'अनुपयुक्त' भएको र दुवै किशोरीको इन्स्टाग्राम अकाउन्ट ब्लक गरिएको बताएको छ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानी कानुनमा नृत्यमाथि प्रतिबन्ध लगाइएको थियो। यद्यपि ती दुई युवतीलाई के सजाय दिइने भन्ने अझै स्पष्ट भइसकेको छैन तर इरानी दण्ड संहिताको धारा ६३७ अनुसार सार्वजनिक स्थानमा नाच्नुलाई अपराध मानिएको छ, चाहे त्यो महिला वा पुरुषले गरेको होस् । अपराध गर्नेलाई कोर्रा लगाएर सजाय हुन सक्छ। कानुन अनुसार ९९ कोर्राको सजाय हुन सक्छ ।
यी दुई किशोर इरानमा नृत्य गरेर कानुन उल्लङ्घन गर्ने पहिलो केटी होइनन् । सन् २०१४ मा पनि ६ जना युवती र युवतीलाई एक वर्ष कैद र ९१ कोर्राको सजाय सुनाइएको थियो ।सन् २०१८ मा, १८ वर्षीया मेदेह होजाबारी सामाजिक सञ्जालमा आफ्नो नृत्यको भिडियो साझा गरेपछि पक्राउ परेकी थिइन्।
गत वर्ष नोभेम्बरमा पनि इरानमा १६ वर्षीया किशोरीले आत्महत्या गरेकी थिइन् । हिजाब नलगाई नाच गरेको भिडियो रेकर्ड गरेपछि उनलाई विद्यालयबाट निकाल्ने धम्की दिइएको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण