टिकटक हेरे जसरी समाचार पढ्न पाइने ताजा खबर एप सार्वजनिक
विराटनगर । भीसंसार अनलाइन प्रालि विराटनगरले टिकटकमा भिडियो हेरे जसरी समाचार पढ्न पाइने ताजा खबर एप सार्वजनिक गरेको छ । अल्गोरिदमबाट सञ्चालित यो नेपालकै पहिलो न्युज एप भएको उक्त कम्पनीकी अध्यक्ष आरतीकुमारी काफ्ले श्रेष्ठले जानकारी दिइन् ।
यो एपको विशेषता भनेकै यसको प्रस्तुति हो । टिकटकमा जस्तै एक पटकमा एउटा मात्र समाचार देखाइने र स्लाइड गर्दै समाचार पढ्न पाइने हुँदा यो एपले समाचार पढ्ने शैलीलाई प्रयोगकर्तामैत्री बनाउने उनले बताइन्। उनले भनिन्, ‘प्रयोगकर्ताले आफ्नो रुचिको समाचार मात्र हेर्न सक्नेछन्, जुन अत्याधुनिक अल्गोरिदमले प्रस्तुत गर्छ ।’
उनले अहिलेको समयको मागअनुसार एप निर्माण गरिएको बताइन् । उनका अनुसार एपमा समाचारका अतिरिक्त धेरै खालका सञ्चार र व्यवसायिक सेवाहरु उपलब्ध छन् । एपमा बल्क एसएमएसको सेवा रहेको छ । जसमार्फत प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरमा भएका धेरै जनालाई एकै पटकमा सन्देश पठाउन सक्नेछन् । यस्तै एसएमएस बुस्टिङ सेवा प्रयोग गरेर तोकिएको स्थानका व्यक्तिहरूसम्म मोबाइल एसएमएसबाट विज्ञापन पुर्याउन सकिन्छ । एपमा जानको लागि स्क्यान वा क्लिक गर्नुहोस्...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण