तस्बिरमा हेर्नुहोस् भारतको ७६ औँ गणतन्त्र दिवस

नयाँ दिल्ली । भारतले संविधान लागू भएको ७५ औँ वर्ष पूरा भएको अवसरमा उत्सव मनाएको छ । आइतबार कर्तव्य पथमा आयोजित परेडमा भारतले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । सैनिक मार्चको साथमा क्षेप्यास्त्र, ट्याङ्क, लडाकु विमानहरू आदिको शक्ति प्रदर्शन गरिएको थियो ।
यस पटक इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो भारतको गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए । गणतन्त्र दिवसको परेडमा स्वदेशी अर्जुन युद्ध ट्याङ्क, तेजस लडाकु विमान र उन्नत हलुका हेलिकप्टरहरूले जमिन, पानी र हावामा समन्वित अपरेशन प्रदर्शन गरेका थिए ।
राष्ट्रपति द्रौपदी मुर्मुले सलामी ग्रहण गरेपछि परेड सुरु भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, अन्य धेरै केन्द्रीय मन्त्रीहरू, देशका शीर्ष सैन्य अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र वरिष्ठ अधिकारीहरू गणतन्त्र दिवस समारोहमा उपस्थित भएका थिए ।
यस्ता छन् सो समारोहका केही तस्बिरहरू:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
-
कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
-
सैन्य आक्रमण जारी रहँदा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै आलोचना