अमेरिकामा एक दिनमै समातिए झण्डै एक हजार आप्रवासी
वासिङटन डीसी । अमेरिकामा एकै दिनमा झण्डै एक हजार जना अवैध आप्रवासी समातिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामूहिक रूपमा अवैध आप्रवासी निकाल्ने घोषण गरेयता देशभरमा त्यस्ता आप्रवासीको खोजी तीव्र बनेको छ ।
यसैबिच आइतबार एकै दिनमा यो अभियानमा ९५६ जना समातिएको त्यहाँको अध्यागमन तथा भन्सार विभाग ‘आइस’ले बताएको हो । पक्राउ गर्ने शक्ति विस्तार गरिएका केही संघीय एजेन्सीहरू सिकागो, नेवार्क र मियामी समेतका कयौँ सहरमा छापा मार्न सक्रिय छन् ।
अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीलाई निकाल्ने वाचा ट्रम्पको चुनावी अभियानको मुख्य मुद्दा थियो । ट्रम्पका पूर्ववर्ति जो बाइडेनले दिनमा औसतमा ३११ जनालाई निर्वासित गरेको र यीमध्ये अधिकांश अपराधी भएको आइसको भनाइ थियो । जनवरी २० मा कार्यभार सम्हालेयता ट्रम्पले अमेरिकी अध्यागमन प्रणालीमा कायापलट गर्न २१ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पका ‘सीमा जार’ टम होम्यान निर्वासनको काम र प्रक्रिया हेर्न सिकागोमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण