अमेरिकामा एक दिनमै समातिए झण्डै एक हजार आप्रवासी

वासिङटन डीसी । अमेरिकामा एकै दिनमा झण्डै एक हजार जना अवैध आप्रवासी समातिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामूहिक रूपमा अवैध आप्रवासी निकाल्ने घोषण गरेयता देशभरमा त्यस्ता आप्रवासीको खोजी तीव्र बनेको छ ।
यसैबिच आइतबार एकै दिनमा यो अभियानमा ९५६ जना समातिएको त्यहाँको अध्यागमन तथा भन्सार विभाग ‘आइस’ले बताएको हो । पक्राउ गर्ने शक्ति विस्तार गरिएका केही संघीय एजेन्सीहरू सिकागो, नेवार्क र मियामी समेतका कयौँ सहरमा छापा मार्न सक्रिय छन् ।
अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीलाई निकाल्ने वाचा ट्रम्पको चुनावी अभियानको मुख्य मुद्दा थियो । ट्रम्पका पूर्ववर्ति जो बाइडेनले दिनमा औसतमा ३११ जनालाई निर्वासित गरेको र यीमध्ये अधिकांश अपराधी भएको आइसको भनाइ थियो । जनवरी २० मा कार्यभार सम्हालेयता ट्रम्पले अमेरिकी अध्यागमन प्रणालीमा कायापलट गर्न २१ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पका ‘सीमा जार’ टम होम्यान निर्वासनको काम र प्रक्रिया हेर्न सिकागोमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच