भारत : ज्वाइँले गर्न सक्छन् सासू ससुराको सम्पत्तिमा दाबी ?

नयाँ दिल्ली । बुहारीले ससुराको सम्पत्तिमा दाबी गरेजस्तै ज्वाइँले पनि सासू ससुराको सम्पत्तिमा दाबी गर्न सक्छन् कि सक्दैनन् ? भारतमा यससम्बन्धी एउटा मुद्दामा फैसला भएको छ । भारतको मध्य प्रदेश राज्यको उच्च अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशले यस मामिलामा महत्त्वपूर्ण फैसला सुनाएका छन् ।
मुद्दामा ज्वाइँलाई आफ्नो ससुराको घर तुरुन्तै खाली गर्न निर्देशन दिइएको छ । ज्वाइँ आफ्नो ससुराको घरमै बस्दै आइरहेका थिए । ससुराले घर छोड्न भन्दा समेत ती ज्वाइँले घर छाड्न मानेनन् । उल्टै सो घरमा आफ्नो अधिकार दाबी गर्न थाले । यस्तो अवस्थामा ज्वाइँलाई उनको स्थान देखाउन वृद्ध व्यक्तिले अदालतको सहायता लिनुपर्यो ।
- यस्तो छ मामिला
भोपालका निवासी दिलीप मरमठ आफ्नो ससुराको घरमा बस्थे । केही समयअघि, ससुराले घर खाली गर्न अपिल गर्दै एसडीएम अदालतमा मुद्दा दायर गरे । जब त्यहाँबाट घर खाली गर्ने आदेश आयो, दिलीपले भोपालका कलेक्टरलाई अपिल गरे । तर उनको अपिललाई कलेक्टरले अस्वीकार गरे । यसपछि ज्वाइँले उच्च अदालतमा पुनरावेदन गरे । ससुराको घर बनाउन आफूले १० लाख भारु दिएको दाबी ज्वाइँको थियो । तर अदालतले उनलाई घर खाली गर्न आदेश दिएको छ ।
दिलीपलाई ससुरालीमा बस्न उनका ससुराले नै अनुमति दिएका थिए । यस्तो अवस्थामा, उसले घरमाथि आफ्नो दाबी गर्न सक्दैन । यदि सासू ससुराले ज्वाइँको नाममा सम्पत्ति किनेको भए मात्रै उनले त्यसमाथि आफ्नो अधिकार दाबी गर्न सक्ने अदालतको भनाइ थियो । ससुराले घरमा बस्नका लागि मात्र अनुमति दिइएकोले सम्पत्तिमाथि उनले आफ्नो अधिकार दाबी गर्न नसक्ने फैसलामा अदालतले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ