मोर्चा गठन गर्न सिंहदरबारमा मधेसी दलको बैठक बस्दै

काठमाडौँ । मधेसवादी दलका बिचमा सहकार्य र मोर्चाबन्दीका लागि आज कार्यदलहरूको बैठक बस्ने भएको छ । सिंहदरबारमा बस्न गइरहेको बैठकमा मधेस केन्द्रित आठवटा दलको सहभागिता रहने बताइएको छ । बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले बोलाएको हो ।
जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सोही वार्ता समितिले अन्य दलका वार्ता समितिहरूसँग छलफलका लागि बैठक बोलाएको छ ।
बैठकमा जसपा नेपाल, जसपा, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टीलाई बोलाइएको जसपा नेपालले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलले छुट्टा छुट्टै वार्ता समिति गठन गरेका छन् ।
गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो । त्यो दिनको बैठकले मोर्चा बन्दी वा सहकार्यका लागि साझा दस्ताबेज बनाउने सहमति भएको थियो । हरेक दलबाट एक–एक जना राखेर दस्ताबेज बनाउने कार्यदल गठन गर्ने सहमति गरेको थियो । ती विषयहरूमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू
-
बिग बास लिगमा कुनै पनि नेपाली खेलाडीको बोली लागेन
-
ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान
-
पोखराका ७४ प्रतिशत योजना ५ लाख मुनिका, ३ सय योजनाको कामै भएन
-
रास्वपाको पलेँटी र राप्रपाको बहिस्कार : माओवादी र एकीकृत समाजवादीले मागे निजामती विधेयक
-
२०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रमुख सचेतक शाही