अरुको ट्रायल परिक्षा दिनेसहित तीन जना पक्राउ
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले अरुको नामको ट्रायल दिने नक्कली परिक्षार्थी र ‘लाईसेन्स बनाउन सहयोग गर्छु’ भन्ने बिचौलिया पक्राउ गरेको छ ।
मंगलबार दिउँसो भक्तपुरमा रहेको जिल्लामा ईजीवे ट्रायल सेन्टरमा काभ्रेपलाञ्चोक पाँचखाल न–६ बस्ने बर्ष ५० को प्रेम अधिकारीलाई ‘लाईसेन्स बनाउन सहयोग गर्छु’ भन्दै पैसा मागेको आरोपमा पक्राउ गरेको हो ।
सोही ट्रायल सेन्टरमा सिन्धुली फिक्कल गाउँपालिका–२ नम्बर वडा स्थायी घर भएका टिकाराम चौलागाईको मोटरसाईकलको ट्रायल परिक्षा दिँदै गरेको तेह्रथुम ईवा गाउँपालिका–१ घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने बर्ष ३० को धनकुमार ईङमान (लिम्बु)लाई बुधबार पक्राउ गरेको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर–४ सनिस पाक श्रेष्ठको नाममा मोटरसाईकलको ट्रायल परिक्षा दिने मोरङ लेटाङ गाउँपालिका–८ घर भई हाल ललितपुर लुभु बस्ने बर्ष ३१ को अर्जुन राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
पक्राउ परेकालाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी सार्वजनिक अपराधमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेकोे प्रवक्ता डिएसपी प्रसाई भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण