नागरिकको माग अनुसार विकासका आयोजनाहरू परिचालन हुनुपर्छ : सिंह

हेटौँडा । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको माग अनुसार सरकारले विकासका आयोजनाहरू परिचालन गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहका सम्भावनाहरूको पहिचानसहित विकास आयोजनाहरू व्यवस्थित ढङ्गबाट परिचालन गर्नुपर्ने बताएका छन् ।
हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा आयोजित समारोहमा हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री सिंहले स्थानीय तहमा भौगोलिक विषमताका बिच थुप्रै अवसरहरू रहेको बताए ।
स्थानीय तहले समस्या र चुनौतीलाई व्यवहारिक तथा प्रक्रियागत रूपमा व्यवस्थापन गर्नुपर्ने मन्त्री सिंहले बताए । हेटौँडा उपमहानगरपालिकामा रहेका समस्याहरूलाई सही ढङ्गबाट व्यवस्थापन गर्ने र नागरिकको आवश्यकता अनुसारको विकासका काममा असर भइरहेको उनको भनाई छ ।
‘हेटौँडाले व्याप्त कुरीति हटाउन एक्सनमा उत्रिएर वैज्ञानिक सूचक पार गरेर बालमैत्री घोषणा अभियानलाई सार्थकता दिन सफल भएको छ’ उनले भने– ‘हेटौँडा अहिले व्यवस्थित सहरको रूपमा विकास भइरहेको छ । नगरपालिकाबाट विस्तार हुँदै उपमहानगरपालिका र अब महानगरपालिकामा परिणत हुने चरणमा हेटौँडा पुगेको छ । उपमहानगरपालिका क्रमशः रूपमा समस्या र चुनौतीहरूको व्यवस्थापन सहित त्यसतर्फ अग्रसर भइरहेको छ ।’
मन्त्री सिंहका अनुसार बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यसँगै परिवारको भूमिका अपरिहार्य रहेको छ । परिवारबाट पनि बालबालिकामा आफ्नो भूमिका निर्वाह गरी बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गरेर अघि बढ्नु पर्ने उनले बताए ।
बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र सङ्घ सरकारले काम गर्नुपर्ने उनको भनाई छ । उपयुक्त योजना र रणनीति सहित बालबालिकाको क्षेत्रमा लगानी बढाउनु उनले जोड दिए । घोषणाभन्दा पनि दिगोपनमा गम्भीर बन्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण