बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
आइतबार, ०४ फागुन २०८१, ०१ : ४१

काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख र दोस्रो स्थानको बायर लिभरकुजेन गोलविहिन भएका छन् । शनिबार राती भएको खेलमा दुबैले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
निर्धारित ९० मिनेटमा ४ मिनेट अतिरिक्त थप्दा समेत दुबै टोलीबाट गोल हुन सकेन । यो सँगै २२ खेलबाट बायर्न ५५ अंक बटुलेर शीर्ष स्थानमा र लिभरकुजेन ४७ अंकसहित दोस्रो स्थानमा यथावत छन् ।
शनिबार राती भएका अन्य खेलमा बोरुसिया म्याग्लाडव्याचले युनियन बर्लिनलाई २-१ ले हराउँदा उल्सवर्गले भीएबी एटुटगार्टलाई समान २–१ गोल अन्तरले पाखा लगायो ।
बोरुसिया डर्टमण्ड भने भीएफएल बोचुमसँग २-० ले हार्यो । यस्तै, फ्रिबर्गले एसटी पाउलीलाई १-० ले हराउँदै महत्वपूर्ण ३ अंक बटुल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण