बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
आइतबार, ०४ फागुन २०८१, ०१ : ४१
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख र दोस्रो स्थानको बायर लिभरकुजेन गोलविहिन भएका छन् । शनिबार राती भएको खेलमा दुबैले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
निर्धारित ९० मिनेटमा ४ मिनेट अतिरिक्त थप्दा समेत दुबै टोलीबाट गोल हुन सकेन । यो सँगै २२ खेलबाट बायर्न ५५ अंक बटुलेर शीर्ष स्थानमा र लिभरकुजेन ४७ अंकसहित दोस्रो स्थानमा यथावत छन् ।
शनिबार राती भएका अन्य खेलमा बोरुसिया म्याग्लाडव्याचले युनियन बर्लिनलाई २-१ ले हराउँदा उल्सवर्गले भीएबी एटुटगार्टलाई समान २–१ गोल अन्तरले पाखा लगायो ।
बोरुसिया डर्टमण्ड भने भीएफएल बोचुमसँग २-० ले हार्यो । यस्तै, फ्रिबर्गले एसटी पाउलीलाई १-० ले हराउँदै महत्वपूर्ण ३ अंक बटुल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण