चाँगुनारायण नगरपालिकाले उठायो लक्ष्यभन्दा ७३ प्रतिशत बढि राजश्व
भक्तपुर । चाँगुनारायण नगरापलिकामा जनप्रतिनिधिहरुले निर्वाचित भएर सपथ लिएको विहीबार एक वर्ष पुरा भएको छ । नगरपालिकाले एक वर्षको अवधिमा लक्ष्यभन्दा ७३ प्रतिशत बढि राजश्व उठेको जानकारी दिएको छ ।
दोस्रो नगरसभाबाट संशोधित आन्तरिक आय चार करोड ४४ लाख नब्बे हजार) को अनुमान गरिएकोमा हालसम्म सात करोड ६८ लाख छयानब्बे हजार आठसय ४९ रुपैयाँ २७ पैसा संकलन भइसकेको गरेको हो । जुन लक्ष्यभन्दा ७३ प्रतिशत बढी हो ।
सो अवसरमा आयोजित कायएक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले अझैँ पनि कानुनी जटिलता कायम रहेको बताएका छन् । पहिलो वर्षको आफ्नो अनुभव सुनाउँदै नगरप्रमुख मिश्रले संघीयताको पहिलो ब्याच भएकाले केही समय कानुनी अड्चन भएको सुनाए ।
‘संघीयता कार्यान्वयमा रहेकाले खारेजीमा रहेका सरकारी कर्मचारीहरुले सजिलो काम आफैँ गर्ने तर असजिलो काम भने नगरपालिकाले गर्छ भनेर देखाउने गरेका छन्,’ मिश्रले भने ।
‘हाउस होल सर्भे’ गरेर नगरपालिकालाई चाहिने तथ्यांक समेत संकलन गरि सकिएकाले भविष्यमा जुनसुकै कार्य गर्न समेत सहज हुने नगर प्रमुख मिश्रको भनाई छ । खानेपानी र सडक पूर्वाधारको क्षेत्र र अन्य विकास निमार्णका क्षेत्रमा करिब २० करोड रुपैयाँ बजेटको काममा करिब ७० प्रतिशत सम्पन्न भईसकेको उनको भनाई छ ।
भक्तपुरको अन्य नगरभन्दा भूगोल र आर्थिक स्रोत दृष्टिकोणले यो नगर अन्य भन्दा उत्कृष्ट रहेको छ । करिब ५७ प्रतिशत भू–भाग ओगटेको यो नगरपालिकामा प्रसिद्ध चाँगुनारायण मन्दिर, पर्यटकिय क्षेत्र नगरकोट, बालुवा माटो खानी र ईटा भट्टा मुख्य आर्थिक स्रोत हुन् । नक्सापास, मालपोत शुल्क राजश्वका माध्यम हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण