भेटियो माकुरोलाई ‘जम्बी’ बनाइदिने ढुसी
काठमाडौँ । युरोपका वैज्ञानिकहरूले नयाँ खालको ढुसीको पहिचान गरेका छन् । यो ढुसीले गुफामा बस्ने माकुरोलाई ‘जम्बी’ बनाइदिन्छ ।
ढुसीले माकुरोलाई जालोबाट बाहिर निस्कन लोभ्याउँछ र अन्ततः यसलाई बिस्तारै मारिदिन्छ । त्यसपछि यसको मृत शरीरलाई आफ्नो जीवाणु सार्न प्रयोग गर्छ । यो ढुसीको नाम जिबेलुला अटेनबोरोघी हो । यसले जम्बी कमिला ढुसी जस्तै गरी काम गर्छ ।
पहिले शिकारलाई झुक्याएर आफूलाई सजिलो हुने ठाउँमा बोलाउने जनवरी २४ मा फङ्गल सिस्टमेटिक्स एन्ड इभोलुशन जर्नलमा प्रकाशित छापिएको अध्ययन प्रतिवेदनमा भनिएको छ । ढुसीले शिकारको माकुरोको मस्तिष्कलाई कसरी प्रभावित पार्छ भन्ने चाँहि रहस्यमै छ । ढुसीको विकास र पारिस्थितिमा यसले पार्ने प्रभावबारे पनि कयौँ प्रश्न अनुत्तरित नै छन् । अध्ययनले जनावरहरूमाथि कब्जा जमाउने ढुसीबारे बुझ्न र ढुसीको विविधता प्रकाश पार्न केही मद्दत गरेको अनुसन्धाताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण