भेटियो माकुरोलाई ‘जम्बी’ बनाइदिने ढुसी

काठमाडौँ । युरोपका वैज्ञानिकहरूले नयाँ खालको ढुसीको पहिचान गरेका छन् । यो ढुसीले गुफामा बस्ने माकुरोलाई ‘जम्बी’ बनाइदिन्छ ।
ढुसीले माकुरोलाई जालोबाट बाहिर निस्कन लोभ्याउँछ र अन्ततः यसलाई बिस्तारै मारिदिन्छ । त्यसपछि यसको मृत शरीरलाई आफ्नो जीवाणु सार्न प्रयोग गर्छ । यो ढुसीको नाम जिबेलुला अटेनबोरोघी हो । यसले जम्बी कमिला ढुसी जस्तै गरी काम गर्छ ।
पहिले शिकारलाई झुक्याएर आफूलाई सजिलो हुने ठाउँमा बोलाउने जनवरी २४ मा फङ्गल सिस्टमेटिक्स एन्ड इभोलुशन जर्नलमा प्रकाशित छापिएको अध्ययन प्रतिवेदनमा भनिएको छ । ढुसीले शिकारको माकुरोको मस्तिष्कलाई कसरी प्रभावित पार्छ भन्ने चाँहि रहस्यमै छ । ढुसीको विकास र पारिस्थितिमा यसले पार्ने प्रभावबारे पनि कयौँ प्रश्न अनुत्तरित नै छन् । अध्ययनले जनावरहरूमाथि कब्जा जमाउने ढुसीबारे बुझ्न र ढुसीको विविधता प्रकाश पार्न केही मद्दत गरेको अनुसन्धाताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न