सडक निर्माणका क्रममा मजदुरको मृत्यु
आइतबार, ०४ फागुन २०८१, २२ : २५
किमाथाङ्का । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–२, तामाफोकमा सडक निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर मजदुरको मृत्यु भएको हो ।
ढुङ्गाले लागेर आज ३५ वर्षीय खड्गबहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । भित्री सडक खण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
लिङ्खाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्यचौकी चैनपुर लगिदै छ । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घटनास्थलमा गएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
-
चिया निर्यात समस्या समाधान गर्न कार्यदल गठन
-
निर्माण क्षेत्र जोगाउन विशेष परिस्थितिमा आयोजनाको म्याद थप गर्न माग
-
रास्वपाले ठाडै मिच्यो संविधान, हुन सक्छ ८० हजार रुपैयाँ जरिबाना र ३ वर्ष कैद
-
पाल्पामा हराउँदै गिद्ध : संरक्षणका लागि विद्यालयस्तरमा सचेतना
-
श्रीलङ्कामा पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण