छापिएको विधानप्रति झलनाथ खनालको असन्तुष्टि
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भर्खर छापिएको पार्टी विधानप्रति असन्तुष्टि जनाएका छन् । सोही असन्तुष्टिका कारण खनालले मङ्गलवारको स्थायी कमिटी र बुधवारको पोलिटब्युरो बैठकमा मञ्चमा बस्न नै अस्वीकार गरेका छन् ।
गत असारमा सम्पन्न औँ महाधिवेशनले खनाललाई सर्वसम्मत सम्मानित नेताका रूपमा निर्वाचित गरेको थियो । त्यसबेला महाधिवेशन हलले खनाललाई सम्मानित नेतासहित अध्यक्षमा माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाललाई पनि निर्वाचित गरेको थियो । तर छाएको पार्टी विधानमा भने सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने व्यवस्था गरिएको भनेर लेखिएको भेटाएपछि खनालले असन्तुष्टि जनाएका हुन् ।
‘खासमा विधानप्रति खनालको असन्तुष्टि थियो’, एक पोलिटब्युरो सदस्यले रातोपाटीसँग भने, ‘महाधिवेशनले सम्मानित नेता निर्वाचित गरिसकेको अवस्थामा छापिएको विधानमा भने केन्द्रीय कमिटीले तोक्ने व्यवस्था गरिएको छ लेखिएको रहेछ ।’
सोही असन्तुष्टिका कारण खनाल बुधवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा पनि मञ्चमा नगएपछि उपस्थित बहुमत सदस्यहरूले सम्मानित नेता महाधिवेशनबाटै निर्वाचित भएको भनेर हुटिङ गरेका थिए । त्यसपछि मात्र खनाल मञ्चमा बस्न पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण