नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताको नयाँ सिजनका लागि खेलाडीको खरिद–बिक्री प्रक्रिया शनिबार भइरहेको छ । नेपाल सुपर लिगको आगामी संस्करणमा झापा फुटबल क्लब, चितवन फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, पोखरा थन्डर्स फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लबको सहभागिता रहने छ ।
यस पटक अक्सनमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, विदेशी, आइकोनिक र गैरआवासीय नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ । अक्सनमा ‘ए’ र ‘बी’ श्रेणीका खेलाडीमाथि मात्र बोली लाग्ने आयोजक नेपाल स्पोटर्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम)ले जनाएको छ ।
हालसम्म लुम्बिनी एफसीले बी श्रेणीबाट फत्तेमान घले (१ लाख ५० हजार रुपैयाँ) र विमल पाण्डे (२ लाख रुपैयाँ) तथा ए श्रेणीबाट प्रदीप लामा (२ लाख रुपैयाँ) मा खरिद गरेको छ । त्यस्तै, धनगढी एफसीले बी श्रेणीबाट जर्ज प्रिन्स कार्कीलाई १ लाख ७० हजार रुपैयाँमा खरिद गरेको छ । चितवन एफसीले बी श्रेणीबाट मिलन राई (२ लाख रुपैयाँ) र शीशीर लेखी (२ लाख रुपैयाँ) लाई खरिद गरेको छ ।
उता झापा एफसीले बी श्रेणीबाट अविनाश धिमाल (१ लाख ५० हजार) र दीपेश धिमाल (२ लाख रुपैयाँ) लाई टोलीमा भित्र्याएको छ । काठमाडौँ रेजर्सले बी श्रेणीबाट २ लाख रुपैयाँमा आशिष चापागाईलाई खरिद गरेको छ ।
यसैगरी ललितपुर सिटी एफसीले बी श्रेणीबाट सुदीप गुरुङ (२ लाख) र योगेश गुरुङ (२ लाख) तथा ए श्रेणीबाट मनिकुमार लामा (४ लाख) लाई भित्र्याएको छ । पोखरा थन्डर्सले बी श्रेणीका राम थापा (१ लाख ५० हजार) र चन्द्र दास (१ लाख ५० हजार) लाई खरिद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
षट्कोण आर्ट्सले घोषणा गर्यो नयाँ फिल्म ‘लालीबजार’
-
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
गर्भवती र सुत्केरीको हवाई उद्धार सेवा कमजोर, रातिमा किन भएन ?
-
गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प
-
बाँकेमा क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
-
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’