जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
काठमाडौँ । एक हप्तापछि फागुन ८ गते ओमानबाट फर्केकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज साँझ जेनेभा प्रस्थान गर्ने भएकी छिन् ।
फागुन १२ गते १४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय बैठकमा भाग लिन उनी आज त्यसतर्फ जाने भएकी हुन् ।
परराष्ट्रमन्त्री राणााले उक्त बैठकलाई फागुन १२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आफ्नो भ्रमण क्रममा उनले आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्र संघका एजेन्सी र अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री राणाले २०२७–२०२९ कार्यकालका लागि संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूसँग समर्थन पनि माग्ने छिन् ।
उनी फागुन १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण