हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा
काठमाडौँ । नवविवाहित जोडी ‘हनिमुन ट्रिप’मा जाने प्रचलन बढ्दो छ । तर सबैका लागि यस्तो ‘ट्रिप’ सुखद् हुँदैन भन्ने उदाहरण हालै एक भारतीय जोडीले दिएका छन् ।
भारतको उत्तर प्रदेश राज्यको महाराजगञ्जमा विवाहको १० पछि एक जोडी ‘हनिमुन ट्रिप’मा गएको थियो । ‘हनिमुन ट्रिप’कै क्रममा झगडा र कुटाकुट हुँदा यो जोडीको विवाद अहिले अदालतमा पुगेको छ ।
नवविवाहित महिलाका तर्फबाट प्रहरीमा उजुरी गरिएको आधारमा मुद्दा चलेको हो । ती महिलाले आफ्नो विवाह १२ फेब्रुअरीमा भएको खुलाएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार निचलौल क्षेत्र अन्तर्गत चमनगञ्ज पुल नजिकै घर भएका रत्नेश गुप्तासँग उजुरीकर्ताको विवाह भएको थियो । विवाह लगत्तै आफूलाई पतिको घरका सदस्यले उत्पीडन गरेको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन् ।
तत्कालै आफूले यसबारे माइती पक्षलाई जानकारी गराएको र माइती पक्ष आएर सम्झाइ–बुझाइ मामिला शान्त पारेको उनले उजुरीमा प्रस्ट पारेकी छन् ।
१९ फेब्रुअरीमा पतिसँग आफू गोवामा हनिमुन मनाउन गएको तर त्यहाँ पनि पतिले आफूलाई कुटपिट गरेको ती महिलाको जिकिर छ । उनले गोवाबाटै माइती पक्षलाई घटनाबारे जानकारी गराएको बताइन्छ । माइती पक्षले उनलाई २२ फेब्रुअरीमा गोवाबाट माइत बोलाएका थिए । त्यसपछि उनले प्रहरीमा उजुरी गरेकी हुन् ।
नवविवाहिताले प्रहरीलाई विवाह लगत्तै भएको उत्पीडन र गोवामा भएको मारपिटबारे जानकारी गराएको बताइएको छ, जसमा पतिले घाँटी थिचेर आफ्नो हत्या प्रयास गरिएको, दाइजो उत्पीडन गरेको लगायतमा उजुरी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण