अव्यवस्थित काठमाडौँलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रूपमा विकास भइरहेको काठमाडौँलाई व्यवस्थित रूपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन् । काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार सहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौँलाई व्यवस्थित गर्नका लागि काम प्रारम्भ गर्नुपर्ने बताए ।
काठमाडौँ कुनै बेला उर्वर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरूप सहरका रूपमा विकसित हुन पुगेको भन्दै उपप्रधानमन्त्री सिंहले विगतका कमजोरीहरूलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने बताए ।
‘धान उब्जनी हुने खेतहरूमा अहिले घरै घर बनेको छ । काठमाडौँ अव्यवस्थित सहरका रूपमा विकसित भएकाले अब बिस्तारै व्यवस्थित सहरका रूपमा लैजानका लागि हामीले कुनै न कुनै विन्दुबाट काम गर्नुपर्ने हुन्छ । काम गर्नका लागि अब प्रारम्भ गर्नुपर्छ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले अब बन्ने सहरहरूलाई व्यवस्थित गर्नका लागि सहरी नीति मन्त्रिपरिषदबाट पारित भइसकेको बताए । मन्त्रालयमध्ये सहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामहरूले गति पाएको सिंहको भनाई थियो ।
‘सहरी विकास मन्त्रालय नेपाल सरकारका सबैभन्दा कान्छो मन्त्रालयकै रूपमा छ । मन्त्रालय गठन भएको यतिका वर्षपछि बल्ल एउटा सहरी नीति मन्त्रिपरिषद्बाट पास भएको छ । यो भन्दा अघि मन्त्रालयमा रहेका मन्त्रीज्यूहरूले पनि कोसिस गर्नुभएको हो । परिस्थिति मिलेन होला । हुन सकेको थिएन । मन्त्रालय स्थापना भएदेखि काम गर्दै गर्दै बल्ल अहिले आएर सहरी विकास नीति पास भएको छ,’ उनले भने ।
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री सिंहले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई सरकारले पूर्णता दिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण