युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
काठमाडौँ । नेपाली सेना स्थापनाको २६२औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुल्ला सामरिक लेख/रचना प्रतियोगिता-२०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण सोमबार प्रधान सेनापतिअशोक राज सिग्देलले विमोचन गरेका छन् । राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गरिएको हो ।
खुल्ला सामरिक लेख/रचना प्रतियोगिता-२०८१ मा प्रथम, द्वितीय र तृतीय हुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधान सेनापति सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरे। कार्यक्रममा उनले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई कदर पत्र प्रदान गरेका थिए ।
विमोचन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, प्राध्यापक वर्ग, रथी, विषय विज्ञ तथा सम्पादक मण्डल, लेखकहरू लगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण