प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
सारांश
- सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिवार काठमाडौँमा प्रदर्शन गरेको छ ।
- नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै पार्टीले माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो ।
- प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
काठमाडौँ । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिवार काठमाडौँमा प्रदर्शन गरेको छ ।
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले काठमाडौँको माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए । साथै उनीहरूले नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवारी अभिव्यक्तिको विरोध गरौँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सो क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । उनले हरेक देशको सीमा समस्या रहेको भन्दै सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उल्लेख गरे ।
उनले सदनमा आफूहरूले राख्दै आएको अडान कायमै रहने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण