दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
नयाँ दिल्ली । जंतर मंतरमा हजारौँ युवाको सहभागितामा भएको प्रदर्शनपछि कक्रोच जनता पार्टी (सीजेपी) विरुद्ध कथित राष्ट्रविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उजुरी दर्ता भएको छ ।
उजुरीमा सीजेपीले विदेशी आर्थिक सहयोगको आडमा गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ । सीजेपीका संस्थापक अभिजीत दिपकेले नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट र सीबीएसईको मूल्याङ्कन प्रक्रियामा भएको भनिएको अनियमितताको विरोधमा प्रदर्शन आयोजना गरेका थिए ।
शनिबार जंतर मंतरमा आयोजित प्रदर्शनमा हजारौँ विद्यार्थी, युवा पेसेवर तथा समर्थकहरू ब्यानर र प्लेकार्डसहित सहभागी भएका थिए । प्रदर्शन दिल्ली प्रहरीको अनुमति लिएर आयोजना गरिएको बताइएको छ ।प्रदर्शनअघि दिप्केले समर्थकहरूलाई शान्तिपूर्ण रूपमा आन्दोलन गर्न तथा प्रहरीलाई फूल दिएर स्वागत गर्न आग्रह गरेका थिए ।
प्रहरीले उजुरीबारे अनुसन्धान सुरु गरेको जनाएको छ भने सीजेपीले आरोपबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण