कारागारबाट इमरान खान भन्छन्, ‘टोली छनोटमै नातावाद हावी भएपछि यस्तै हुन्छ’
काठमाडौँ । अहिले पाकिस्तानमा आईसीसी च्याम्यिन्स ट्रफीको नवौँ संस्करण चलिरहेको छ । आयोजक पाकिस्तान भने लगातार दुई खेल हार्दै उपाधि होडबाट बाहिरिइसकेको छ । पाकिस्तानी टोली समूहगत चरणबाटै बाहिरिएपछि घरेलु समर्थक र पूर्वक्रिकेटरहरु रुष्ट बनेका छन् ।
पूर्वक्रिकेट र समर्थकहरुले पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)को कार्यशैलीप्रति पनि गम्भीर प्रश्न उठाइरहेका छन् । हाल कारागारमा रहेका पाकिस्तानी टोलीका पूर्वकप्तान इमरान खानले पनि च्याम्पियन्स ट्रफीको प्रदर्शनलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।
आफ्नो समयका प्रभावशाली खेलाडी इमरान खानले टोली छनोटमा नातावाद हावी भएकाले यस्तो अप्रिय स्थिति आएको आरोप लगाएका छन् । इमरान खानले पीसीबीको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।
‘पीसीबीको कार्यशैली ठिक छैन । टोली छनोट गर्दा राम्राभन्दा पनि आफ्ना नातेदारलाई प्राथमिकतामा राखिन्छ । टोली छनोटमै नातावाद हावी भएपछि यस्तै हुन्छ । जबसम्म पीसीबीका आधिकारीहरु नातावादमा अल्झिरहन्छन् तबसम्म पाकिस्तानी क्रिकेटमा सुधार आउँदैन,’ इमरान खानको भनाइ उदृत गर्दै उनकी वहिनी अलिमा खानले भनेकी छन् ।
इमरान खान हाल भ्रष्टाचारको आरोपमा कारागारमा छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानलाई सबैभन्दा ठुलो उपलब्धि दिलाउने टोलीका कप्तान हुन् । सन् १९९२ मा पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुम्दा इमरान खान टोलीका कप्तान थिए ।
उक्त विश्वकपको फाइनलमा पाकिस्तानले इङ्ल्यान्डलाई २२ रनले हराएको थियो । फाइनल खेलमा कप्तान इमरान खानले ७२ रनको योगदान गरेका थिए । उनले एक विकेट पनि लिएका थिए । यसदेखि वाहेक पनि उनको कप्तानीमा पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै उपलब्धि हासिल गरेको छ ।
इमरान खानले पछिल्लो समय पाकिस्तानी क्रिकेट निकै अस्थीर बन्दै गएकोमा चिन्ता पनि व्यक्त गरेका छन् । इमरान खान लामो समयदेखि राजनीतिमा सक्रिय छन् । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री पनि हुन् ।
‘विगत केही समययता पाकिस्तानी क्रिकेट अस्थीर छ । बोर्डमा अनावश्यक परिवर्तन भइरहन्छ । छनोट समितिको काम पनि चित्तबुझ्दौ छैन । टोली छनोट गर्दा राम्रा खेलाडीले मौका पाउँदैनन् । नातावाद बढी देखिन्छ । समग्रमा पाकिस्तानी क्रिकेट अधोगतीतर्फ उन्मुख बनेको छ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण