देशका यी आठ स्थानको वायु सबैभन्दा बढी प्रदूषित
काठमाडौँ । काठमाडौँ उपत्यकाका लगायत देशका आठ स्थानका वायु सबैभन्दा बढी प्रदूषित भएको छ । वातावरण विभागको शुक्रवार अपरान्ह ११ः ५५ बजेको रेकर्डअनुसार काठमाडौँ उपत्यकाका चार सहित देशका चार स्थानको वायु अस्वस्थ कर पुष्टि भएको हो ।
विभागको रिपार्ट अनुसार उपत्यकाका शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल, चितवनको भरतपुर, मकवानपुरको हेटौँडा र इलामको वायु अस्वस्थकरको सूचीमा छ । यी स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ११३ देखि १९८ पुगेको छ ।
उपत्यकाको शंखपार्कको एक्यूआई १९०, खुमलटारको एक्यूआई १८६, भैँसेपाटीको एक्यूआई १९८ र भक्तपुरको एक्यूआई १७५ रहेको छ । यस्तै काभ्रेको धुलिखेल एक्यूआई १५३, चितवनको भरतपुर एक्यूआई १७६, मकवानपुरको हेटौँडा एक्यूआई ११३ र इलामको एक्यूआई १२६ रहेको विभागको तथ्याङ्क छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थकर’ हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्यो भन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
-
रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण