बुण्डेस लिगामा बायर्न म्युनिखको अग्रता थप चुलियो
शनिबार, १७ फागुन २०८१, ०४ : ३७
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । शुक्रबार राती भएको खेलमा बायर्नले भीएफबी स्टुटगार्टलाई ३-१ गोल अन्तरले हराएको हो ।
सुरुवाती अग्रता भने घरेलु टोली स्टुटगार्टले लिएको थियो । उसका लागि एन्जेलो स्टिलरले ३४ औं मिनेटमा गोल गरे । पाहुना टोली बायर्नले पहिलो हाफमा एक गोल फर्कायो । ४५ औं मिनेटमा माइकल ओलिसेले गोल गरे ।
यस्तै, बायर्नका लागि लियों गोरेन्ज्का र किंग्सले कोमनले एक-एक गोल गरे । यो जितसँगै बायर्नको २४ खेलबाट ६१ अंक भएको छ । दोस्रो स्थानको बायर लिभरकुजेनको २३ खेलबाट ५० अंक छ भने आइन्ट्राच्ट फ्र्यान्कफर्टको समान खेलबाट ४२ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण