नयाँ ठिमीमा बसको ठक्करबाट २४ वर्षीय युवकको मृत्यु
भक्तपुर । शनिबार मध्यान्हमा भएको सडक दुर्घटनामा परि एक युवकको ज्यान गएको छ । मध्यपुर थिमि राधेराधेबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २७२२ नम्बरको बसले निकोसेराबाट आउदै गरेको बा ४० प २०९४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते भएका २४ वर्षे दिपक ख्याजुको उपचारको क्रममा मृत्यु भएको हो ।
घाईते घाइते भएका ख्याजुलाई तत्काल उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन सम्भव नभएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी टोली खटिएर प्रारम्भिक अनुसन्धान कार्य गरेको र ठक्कर दिने बसका चालक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाईले बताएका छन् ।
बसका चालक सिन्धुपाल्चोक घर भइ हाल भक्तपुर च्यामासिंह बस्ने बर्ष २८ का दिपबहादुर प्रधानलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण