पार्टी सभापतिका लागि उम्मेदवारी दिन्छु : प्रकाशमान सिंह
सुर्खेत । सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू पनि पार्टी सभापतिको लागि उम्मेदवार रहेको प्रस्ट पारेका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताए ।
‘जुन पदमा म छु त्योभन्दा तल जान म तयार छैन’ उनले भने । उनले अगाडि भने- ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’
साथै पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको पनि उनले बताए। ‘आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ,’ उनले भने- ‘सभापति पदका लागि विभिन्न नेताहरूले दाबी छ ।’
पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको बताउँदै प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्ने बताए । पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण