समुन्द्री अनुसन्धानका लागि चीनको नयाँ पहल
सोमबार, १९ फागुन २०८१, ०६ : ०६

ग्वाङ्झाउ । चीनले दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको ग्वाङ्झाउमा ‘कोल्ड–सीप इकोसिस्टम’ मा केन्द्रित अनुसन्धान केन्द्रको निर्माण सुरु गरेको छ । कोल्ड–सीप भनेको महासागरका स्थान हुन्, जहाँ हाइड्रोजन सल्फाइड, मिथेन र अन्य हाइड्रोकार्बन भएका तरल पदार्थहरू निस्किन्छन् ।
देशको प्रमुख राष्ट्रिय विज्ञान तथा प्रविधि पूर्वाधार परियोजनाहरू मध्ये एकको रूपमा तोकिएको उक्त अत्याधुनिक आधारभूत अनुसन्धान केन्द्रले उच्च–टेक विकासलाई समर्थन गर्नेछ । यसले गहिरो समुद्री वातावरणमा जीवनको उत्पत्तिको अन्वेषण गर्दछ ।
चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको साउथ चाइना सी इन्स्टिच्युट अफ ओशनोलजी (एससीएसआईओ) का निर्माताका अनुसार मानवयुक्त समुद्र प्रयोगशाला र भूमिमा आधारित फिडेलिटी सिमुलेशन स्थापनाको संयोजन गरी अनुसन्धानलाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा
-
ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा
-
तीनवटा वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट